यूनिटी क्लब बरेङ गाउँपालिका–२, घट्ट, बागलुङको ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित तेस्रो वार्षिकोत्सब तथा स्वर्गीय श्री हिरालाल गिरी र स्व. श्री श्यामलाल गिरी स्मृति कप–२०८१ सभ्य, भव्य एवम् शानदार रूपमा सम्पन्न भएको छ।
सञ्चालन भएका कार्यक्रमहरू मध्ये साविक अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी २० समूह मध्ये मिलिजुली सांस्कृतिक एकता मञ्च, बरेङ–३, खाल्ले प्रथम, मंगलापुर युवा क्लब, बरेङ–२, गुरुङधारा द्वितीय साथै मगर गाउँ स्पोर्ट क्लब, चन्द्रकोट–५, मगरगाउँ र बन्धना कन्ट्रक्सन चन्द्रकोट–३, ढावा सेमि फाइनल उपविजेता बनेका छन् । विधागत पुरस्कारतर्फ, मंगलापुर युवा विकास केन्द्रका खेलाडीहरू दिपेश थापा उत्कृष्ट स्पाइकर र अरविन थापाले उदयमान खेलाडीको उपाधी हाँसिल गर्दा मिलिजुली सांस्कृतिक मञ्चका खेलाडीहरूः सुजन नेपालीले उत्कृष्ट डिफेन्डर, रेशम बोहोराले उत्कृष्ट सेटर, बिमल बोहोराले मस्ट भ्यालुएबल खेलाडी र बिमल भण्डारीले उत्कृष्ट खेलाडीको उपाधी हाँसिल गर्न सफल भए।

त्यस्तै महिला भलिबल प्रतियोगितामा मंगलापुर युवा विकास केन्द्र, बरेङ–२, गुरुङधारा प्रथम र बरेङ भलिवल समूह, बरेङ–२ द्वितीय बन्न सफल भएका छन् भने भूपू भलिबल प्रतियोगितामा निर्धारित समयमा कुनै समूह उपस्तिथित हुन नसकेकाले उक्त खेल रद्द गरिएको थियो।

“सबै महिला र किसोरीहरूका लागिः अधिकार, समानता र सशक्तीकरण“ विषयक वक्तृत्वकला प्रतियोगितामा पुरुषोदय माविका छात्र सबिन क्षेत्री प्रथम, भृकुटी माविका छात्राहरू लक्षिमा दर्जी र एलिसा गिरी क्रमशः द्वितीय र तृतीय बन्न सफल भएका छन् ।
त्यस्तै एकल मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा अस्मिता रूचाल प्रथम, उषा श्रीस द्वितीय, सुबि परियार तृतीय साथै सृष्टि रिजाल, स्मृति शर्मा र युनिका गुरुङ सान्त्वना बन्न सफल भएका थिय। त्यसै गरी महिला कुर्सी दौड प्रतियोगितामा १८ प्रतियोगिहरू मध्ये एलिसा गिरी प्रथम, कमला नेपाली द्वितीय र हरिकला शर्मा तृतीय बन्न सफल भएका थिय।
बरेङ गाउँपालिकाका उद्यमशील महिला सम्मान कार्यक्रमका लागि कुनै आवेदन नपरेको र जेष्ठ नागरिक सम्मान कार्यक्रममा बरेङ गाउँपालिका–२, कान्लेकि ९६ वर्षीय जेष्ठ नागरिक श्री खिमकला शर्माज्यूलाई नगद र जिन्सीसहित सम्मान गरिएको थियो।
१९ गतेदेखि सुरु भएको वार्षिकोत्सव समारोह शनिबार सम्पन्न भएको हो ।
मुल समारोहको अध्यक्षता क्लबका अध्यक्ष जयराम शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथि क्लबका विशिष्ट सल्लाहकार एवम् चन्दादाता सहकार्यकर्ता प्रेम गिरी हुनुहुन्थ्यो । मुल समारोहकै बिच अतिथी स्वागत र चन्दादाताहरूलाई सम्मान साथै आभार पत्र प्रदान गरिएको थियो।
कार्यक्रम सञ्चालन कार्यक्रमका संयोजक क्लबका सचिव सुन्दर श्रेष्ठ, क्लबकी कोषाध्यक्ष निम कुमारी गिरी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम संयोजक, क्लबका पूर्व सचिब सुवास शर्मा आर्थिक संयोजक, क्लबकी स. सचीव शर्मिला थापा महिला खेल संयोजक, क्लबका सदस्य आकाश थापा खेल संयोजकको भूमिका निर्वाह गर्नु भएको थियो। ग्राफिक सहयात्री कृष्ण शान्ति ग्राफिक, बरेङ–२, घट्ट बागलुङ रहेकोमा, मिडिया सहयात्रीका रूपमा बागलुङ अपडेट डट कम र मेड इन नेपाल रहेका थियो। क्लबका सबै जानकारी र प्रत्यक्ष प्रशारण क्लबको अफिसियल फेसबूक प्रोफाइल यूनिटी क्लब घट्टमा प्रशारण गरिएको छ ।